नेपाल
मलेसियामा भइरहेको एसीसी यू–१९ प्रिमियरमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४७.५ ओभरमा अलआउट हुँदै
१२३ रन बनाएको थियो। १२४ रनको विजयी लक्ष्य पछ्याएर मैदानमा आएको अफगानिस्तानले २५
ओभरमा बिना कुनै विकेट क्षति १२७ रन बनाउँदै विजयी भएको हो। मलेसियाको किनरारा एकेडेमीमा
नेपालका लागि सुनिल धमलाले सर्वाधिक ४६ रन बनाए। ८६ बल खेलेका धमलाले ५ चौका प्रहार
गरेका थिए। यस्तै योगेन्द्र सिंह कार्की र प्रेम तामाङले समान २०-२० रन बनाएका
थिए। अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। तीन जना नेपाली
खेलाडी शून्यमा आउट भए। अतिरिक्तबाट नेपालले १८ रन पाएको थियो। अफगानिस्तानका लागि
जिय उर रहमान र पेरवेज मालाकाजीले ३-३ विकेट लिएका थिए। १२४ रनको सामान्य स्कोर पछ्याएको
अफगानिस्तान २५ ओभर खेल्दै पुरा गर्यो। उसका लागि हज्रातुल्लाले ६८ र नासिर खानले
५७ रन बनाए। यसअघि पहिलो खेलमा नेपालले युएईलाई १४९ रनले हराएउँदै विजयी सुरूआत गरेको
थियो ।
-सेतो पाटी
Saturday, August 29, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...