मलेसियामा
जारी १९ वर्ष मुनिको एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा घरेलु टोली विरुद्ध
नेपालले उत्कृष्ट सुरुवात गरेको छ । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई
७५ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । बायोमास ओभलमा टस जितेर
पहिले व्याटिङ गरेको मलेसिया ३८ ओभरमा ७५ रन जोड्दा अलआउट भयो । मलेसियाका लागि पवनदिप
सिंहले १७,संकर सतिसले १३ र भिमलान पालानिद्धिले १२ रन बनउन बाहेक अन्य ब्याट्सम्यानले
दोहोरो अंकको स्कोर बनाउन सकेनन् । नेपालका आरिफ शेखले १० ओभरमा ३ मेडन राख्दै १८ रन
दिएर ४ विकेट लिए । दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । यसअघि
भएको पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनले पराजित गरेको थियो भने अफगानिस्तानसँग
१० विकेटले पराजित भएको थियो ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...