न्युजिल्याण्डबिरुद्धको
पहिलो एक दिवसिय क्रिकेटमा जित निकाल्दै दक्षिण अफ्रिकाले ३ खेलको शृङ्खलामा १–० को
अग्रता लिएको छ । दक्षिण अफ्रिकाको सेन्चुरियनमा बुधबार राति सम्पन्न खेलमा घरेलु टोलीले
२० रनको जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ् गरेको दक्षिण अफ्रिकाले निर्धारित
५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४ रन जोडेको थियोे । दक्षिण अफ्रिकाका
लागी ओपनर
हासिम अम्लाले १ सय २४ तथा रिले रुसोले ८९ रनको योगदान गर्दै चुनौतिपूर्ण
योगफल खडा गरेका थिए । जवाफमा ३ सय ५ रनको बिजयी लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्याण्ड
४८ दशमलव १ ओभरमा २ सय ८४ रनमै समेटियो । न्युजिल्याण्डका लागी टम लाथमले ६० तथा
केन
विलियाम्सनले ४७ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानले ठोस योगदान गर्न सकेनन् ।
शृङ्खला अन्तर्गत यि दुई टोलीबीचको दोस्रो एक दिवसिय खेल आगामीे आइतबार हुने छ ।
Thursday, August 20, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...