गुल्मीको
धार्मिक तथा ऐतिहासिक स्थल रुरु क्षेत्रधाम रिडी खेल मैदानमा आजदेखि खुल्ला क्रिकेट
प्रतियोगिता सुरु भएको छ । युवालाई खेलप्रति हौसला बढाउन, आकर्षण, मनोबल, शारीरिक अभ्यास
गर्न चेतनशील महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड रिडीले सो प्रतियोगिता
आयोजना गरेको हो । प्रतियोगितामा गुल्मीसहित पाल्पा, स्याङ्जा, रुपन्देही, कपिलवस्तुसहित
चार जिल्लाका गरी २९ टिमको सहभागिता रहेको छ । खेलमा प्रथम पुरस्कार ५० हजार द्वीतिय
पुरस्कार रु २५ हजार प्रदान गर्ने खेल संयोजक अशोक श्रेष्ठले बताउनु भयो । यो क्षेत्र
लाई सरकारले ध्यान दिए राम्रो राष्ट्रिय स्तर को क्रिकेट ग्राउन्ड बन्ने सम्पूर्ण रुरु
बासीको चाहाना भएको श्रेष्ठ ले बताउनु भयो । यो क्षेत्र धार्मिक तथा ऐतिहासिक स्थल
मात्र नभई खेल क्षेत्र मा पनि अगाडि रहेको बताउनु भयो ।
Thursday, September 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...