
युवा
बलर सुशील कँडेलले भर्खरै मलेसियामा सम्पन्न एसिसी यु–१९ प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी
बलिङ गरेर विश्व क्रिकेटमा आफूलाई अब्बल सावित गरे । मलेसियामा भएको खेलमा सुशीलले
४ खेलमा ११ विकेट लिएर आफूमा निकै प्रतिभा भएको सावितसमेत गरे । साउदी अरबविरुद्ध भने
उनले १० ओभर बलिङ गर्दै ९ मेडन राखेर यु–१९ क्रिकेटमा नयाँ कीर्तिमानसमेत राखेका थिए
। यसअघि भारतका गौतम दुर्गेश्वर दत्तले इङ्ग्ल्यान्डविरुद्ध सन् १९९३ मा ९ ओभरमा ७
मेडन राखेका थिए । दत्त र सुशील दुवै बायाँ हाते स्पीनरसमेत हुन् । यस उमेर समूहमा
भने आयरल्यान्डका जर्ज डकरेलले सन् २०१२ मा विश्वकपअन्तर्गत यसै किसिमको कीर्तिमान
राखेका थिए । उनले १० ओभर नै बलिङ गर्दै ६ ओभर मेडनको कीर्तिमान कायम गरेका थिए । कँडेलले
बलिङको क्रममा जुन पुरानो कीर्तिमान समेतलाई तोडे त्यो उनका लागि करियरकै एक खुसीको
क्षणसमेत बन्न पुग्यो । आफ्नो स्पीन बलिङबाट प्रतियोगिता भरनै उनले अफगानिस्तानका खेलाडीबाहेक
सबैलाई काबुमा ल्याउने काम गरे । त्यसकै परिणाम स्वरुप नेपालले तीन पटक १०० भन्दा कम
स्कोरमा समेटेको थियो । हाल स्पीनबाट आफ्नो जादुमयी बलिङलाई अगाडि बढाएका उनले यसअघि
तीव्र गतिको बलिङ गर्थे । सुशीलले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेट प्रशिक्षक
राजु खड्काको सल्लाहमा तीव्र गतिको बलिङलाई छोड्दै स्पीन बलिङलाई रोजेका थिए, जुन सल्लाह
उनलाई हाल आएर वरदान सावित भएको छ । यसअघि तीव्र गतिको बलिङ गर्ने गरेका उनी आफ्नो
करियरमा खासै परिचित थिएनन् । स्पीन बलिङतर्फ प्रवेश गरेको एकै वर्षमा उनी यु–१९ अन्तर्गत
सन् २०१२ मा अस्टे«लियामा भएको विश्वकप छनोटमा समेत २४ सदस्य टोलीमा परेका थिए । यसअघि
उनी यु–१९ को राष्ट्रिय खेलमा वीरगन्जविरुद्ध एकै खेलमा पाँच विकेट लिएपछि उक्त टोलीमा
परेका थिए । तथापि उनले अनुभवी सिनियर खेलाडी टोलीमा भएका कारण खेल्ने अवसर भने प्राप्त
गरेनन् । हाल सफलताको शिखरमा अगाडि बढेका सुशील भन्छन् —मैले अझै धेरै गर्नुपर्नेछ
। त्यसका लागि निकै मेहनत गर्नेछु । उनले भने, ‘मलेसियामा राखेको उक्त कीर्तिमानको
श्रेय राजु गुरुलाई दिनेछु । उहाँको कारणले यो सफलता हात पारेको हुँ ।’ पूर्व राष्ट्रिय
खेलाडी तथा प्रशिक्षक भन्छन्, ‘सुशील निकै प्रतिभावान खेलाडी हुन् । उनी मेहनती पनि
छन् । त्यसैले अवसर पाएको खण्डमा उनले यो भन्दा ठूलो सफलता दिलाउन सक्छन् ।’ अनिलमल्ल
ठकुरी ले
साझा
पोस्ट मा
खबर लेख्नुभएको छ ।
Thursday, September 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...