दक्षिण अफ्रिकाविरुद्धको वनडे सिरिजमा भारतीय टीमको बागडोर
विराट कोहलीलाई सुम्पने तयारी हुँदैछ । यद्यपी यसको आधिकारीक पुष्टि त भएको छैन । दक्षिण
अफ्रिकाविरुद्ध हुने एक दिवसीय तथा टी-ट्वेन्टी सिरिजका लागि भारतीय टीमको घोषणा हुन
बाँकी छ । अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार १५ सेप्टेम्बरमा दिल्लीमा
बीसीसीआईका चयनकर्ताहरुको बैठक बस्दैछ । सोही बैठकबाट धोनीलाई विस्थापित गर्दै विराटलाई
कप्तानी दिने मूडमा चयनकर्ताहरु छन् (यहाँ क्लिक गर्नुहोस् अनी पढ्नुहोस्) । टेस्ट कप्तान विराट
र वण्डे तथा टी-ट्वान्टी कप्तान महेन्द्रसिंह धोनी मैदानमा एकअर्कासँग एकदमै विपरित
देखिन्छन् । रवि शास्त्री भारतीय टीमको व्यवस्थापनमा आएपछि विराटले धोनीलाई विस्थापित
गर्ने सम्भावना मजवुद् बन्दै गएको दावी भारतीय मिडियाहरुले नै गर्ने गरेका छन् । क्रिकेटको
तीनै फर्म्याटमा अजिंक्या रहाणे, रोहित शर्मा, शिखर धवन, रविचन्द्र अश्विन र उमेश यादव
भारतीय टीमका लागि खेल्छन् । यसका साथै विराट कोहली पनि तीनै फर्म्याटमा टीमका सबैभन्दा
महत्वपूर्ण हिंस्सा हुन् । जसले केही दिनअघि मात्रै विदेशी भूमीमा भारतलाई टेष्ट श्रृंखला
जिताएका थिए । श्रीलंकाविरुद्ध १-० ले पछि परेको अवस्थामा पनि ३ टेस्टको श्रृंखला २-१
ले जितेपछि चयनकर्ताहरु विराटको युवा जोशबाट निकै प्रभावित छन् । विदेशी भूमीहरुमा
टीमको जिम्मा दिएर पठाउनुअघि एक दिवसीयमै पनि घरेलु मैदानमा कप्तानीको अवसर विराटलाई
दिनुपर्ने मत बलियो बन्दै गएको छ । यस्तो भएमा धोनी भारतीय टोलीबाटै ‘किक आउट’ हुने
सम्भावना बढ्नेछ । भारतका निकै सफल र अनुभवी कप्तान धोनीलाई विराटको कप्तानीमा म्याच
खेल्नु सोचनीय विषय हो । यसअघि पनि युवा धोनीले कप्तानी सम्हाल्दा सम्भावित करियर बाँकी
रहँदै सौरभ गांगुली ‘किक आउट’ भएको उदाहरण साक्षी छ ।
Thursday, September 10, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...