एजेन्सी - बंगलादेशी
क्रिकेटर सहादत हुसेन र उनकी पत्नीलाई घरमा काम गर्ने केटीलाई दुर्व्यवहार गरेको
आरोपमा प्रहरीले खोजिरहेको छ । हुसैनको घरमा काम गर्ने ११ वर्षिया बालिकालाई
सोमवार प्रहरीले सडकमा विचल्लित अवस्थामा भेटेको थियो । हुसेन र उनकी श्रीमतीले बालिकालाई
कुटपिट गरेर सडकमा छाडेको प्रहरीको आशंका छ । अहिले घाइते बालिकालाई उपचारका लागि अस्पताल
भर्ना गरिएको छ । हुसैन बंगलादेशी क्रिकेट टिमका फास्ट बलर हुन् । उनले २००५ मा
इंल्याण्डसँगको टेस्ट खेलबाट डेब्यू गरेका थिए । उनले बंगलादेशका लागि ३८ वटा
टेस्ट र ५१ वटा एकदिवशीय खेल खेलिसकेका छन् । गएको मेमा पाकिस्तानसँगको टेस्ट
क्रिकेटका क्रममा घुँडामा चोट लागेका कारण उनी ६ महिनाका लागि टिमबाट बाहिर छन् ।
Tuesday, September 8, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...