दक्षिण अफि्रकाले पहिलो टी-२० क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको
छ । धर्मशालामा भएको खेलमा भारतले दिएको २०० रनको लक्ष्य दक्षिण अफ्रिकाले दुई बल बाँकी
छँदा भट्टायो । उसका लागि हासिम अमला र एबी डिभिलियर्सले राम्रो सुरुवात दिलाए । आठौं
ओभरमा अमला ३६ रनमा आउट भए । दशौं ओभरमा डिबिलियर्स ५१ रनमा पभेलियन फर्किए, जतिबेला
दक्षिण अफि्रकाको ९३ रन बनाए । त्यही ओभरमा फाफ डुप्लेसिस मात्र ४ रनमा बोल्ड भए ।
तर, जेपी डुनिमीले दक्षिण अफ्रिकाको पारी सम्हाले । १३ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले
११५ रन बनाएको थियो र रन रेट ८.४४ थियो । त्यसपछि डुमिनीले आक्रामक पारी खेल्दै खेल
दक्षिण अफि्रकाको पक्षमा पारे । उनले सात छक्का र एक चौकाको मदत ६७ र बनाए । डुमिनीलाई
साथ लिएका बेहरदीनले २३ बलमा ३२ रन बनाए । २० औं ओभरको तेस्रो बलमा डुमिनीले छक्का
हान्दै स्कोर बराबरी गरे भने अर्को बलमा जित दिलाए ।

यसअघि भारतले टस हारेर पहिले ब्याटिङ
गरेको थियो । उसले २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो । शारतका रोहित शर्माले टी-२०
अन्तराष्ट्रियमा पहिलो शतक बनाए । उनले मात्र ६६ बलमा १२ चौका र पाँच छक्काको मदतमा
१०६ रन बनाए । दोस्रो सविकेटका लागि रोहित शर्मा र विराट कोहलीले १३८ सनको साझेदारी
गरे । कोहली ४३ रनमा आउट भए ।
Saturday, October 3, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...