
एजेन्सी - रणजी ट्रफी अन्तर्गत पश्चिम बंगाल र दिल्ली बीचको खेलका
दौरान दुई चर्चित खेलाडीबीच भनाभन परेको छ । यसक्रममा ज्यान
मार्ने धम्कीसमेत दिएको बताइएको छ । यो झगडा आईपीएलमा एउटै टीमबाट खेल्ने दुई खेलाडीबीच
भएको हो । आईपील टीम कोलकत्ताका कप्तान गौतम गम्भीर उनकै कप्तानीमा खेल्ने खेलाडी मनोज
तिवारीबीच भनाभन भयो । रणजीट्रफीमा गम्भीर दिल्लीका कप्तान हुन् भने मनोज पश्चिम बंगालबाट
खेल्छन् । पश्चिम बंगालको पारीको सातौं ओभर दिल्लीका मनन शर्मा बलिङ गरिरहेका थिए ।
उनको ओभरको पहिलो बलमा नै बंगाली ब्याट्सम्यान पार्थसारथी भट्टाचार्य आउट भए । यसपछि
चौंथो नम्बरमा ब्याटिङ गर्न मनोज तिवारी आए । बलरले रनअप लिन सुरु गरिसकेका थिए । त्यसबैला
तिवारीले उनलाई रोकेर हेलमेट मगाए । तिवारीको यस्तो गतिविधिले रिसाएका बलरले यसबारे
कम्पलेन गरे । त्यसपछि स्लीपमा रहेका दिल्लीका कप्तान गम्भीरले मनोजलाई गाली गर्दै
साँझमा पिट्ने धम्की दिए । गम्भीरले ‘’शाम को मिल तुझे मारूंगा,’’ भनेपछि मनोजले तत्कालै
जवाफ फर्काए, ‘’शाम को क्या ? अभी बाहर चल’’ भनाभन चल्दै गर्दा ज्यानमार्ने धम्कीसम्म
पुगेको बताइएको छ । अब दुबैजनामाथि अनुशासनको कारबाही हुने बताइएको छ ।
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...