
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो चरणको दोस्रो
खेलमा नेपालले पपुवा न्युगिनीलाई २ सय २५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ
रोजेको नेपालले ८ विकेट गुमाएर २ सय २४ रन बनाएको हो । नेपालका लागि कप्तान पारस
खड्काले ८१ बलमा ५ चौकाको मद्धतले ५८ रन बनाए । सागर पुनले ९२ बल खेल्दै ४७ रन बनाए
। ज्ञानेन्द्र मल्लले ३६ रन, मेहबुब आलमले १५ बनाए । नेपालका दुबै ओपनर शून्य रनमै
आउट भएका थिए । निकै बलियो बलिङ प्रस्तुत गरेको पपुवाका लागि भानुवा र भालाले
३–३ र एस् बाउले २ विकेट लिए । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा खेल जारी
छ । दोस्रो चरणको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग दुई विकेटले पराजित भएको थियो
। यसअघि स्कटल्याण्डमा भएको पहिलो पहिलो चरणका दुई खेलमा पनि नेपाल पराजित भएको थियो
।स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल तीन रन तथा दोस्रो खेलमा ९ विकेटले हारेको थियो
। प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या
र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । यी आठ टोलीले हरेक टोलीसँग
दुई दुई खेल खेल्नेछन् । सबै खेल सकिएपछि अंक तालिकाको शीर्ष ६ स्थानमा रहने टोलीले
सन् २०१९ को विश्वकप छनौट खेल्न पाउने छन् । प्रशिक्षक पदबाट राजिनामा दिइसकेका पुबुदु
दासानायकेका लागि बुधबारको खेल नेपालको प्रशिक्षकको रुपमा अन्तिम खेल हुनेछ । प्रशिक्षक
दासानायकेले बुधबारको खेल जित्न हरसम्भव प्रयास गर्ने र त्यही अनुसार तयारी गरिएको
बताएका छन् ।
लाइभ भिडियो
Wednesday, November 18, 2015
सम्बन्धित अरु क्रिकेट खबरहरु...
फेसबुक मा कमेन्ट गर्नुहोस्...